नामसालिङ संस्थाद्वारा राप्ती गाउँपालिकाका कृषकलाई उन्नत जातका बीउ वितरण

भालुबाङ १४ कार्तिक । नामसालिङ सामुदायीक विकास केन्द्र दाङद्वारा
राप्ती गाउँपालिकाका कृषकहरूलाई विभिन्न जातका बिउ बीजन वितरण गरिएको छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङको समन्वयमा केन्द्रले एकीकृत सामुदायिक विकास परियोजनाकाे “खाद्य तथा पोषण सुरक्षा” कार्यक्रम अन्तर्गत उन्नत जातका आलु तथा गहुँको बीउ वितरण गरेकाे हाे ।

उक्त कार्यक्रम अन्तर्गत केन्द्रले राप्ती गाउँपालिकाका १४० कृषकलाई आलुको बीउ र १४३ जना कृषकहरुलाई गहुँको बीउ वितरण गरेको केन्द्रका कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिनुभयो ।

बीउ वितरण कार्यक्रम पश्चात् कृषकहरुलाई संस्थाकी कृषि प्राविधिक धनकुमारी चौधरीले आलु तथा गहुँको बीउ सही तरिकाले रोप्ने र संरक्षण गर्ने तरिकाकाे बारेमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो ।

वि.सं.२०४१ सालमा इलामको नामसालिङ गाउँमा स्थापित “नामसालिङ सामुदायिक  विकास  केन्द्र” ले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि “एकीकृत सामुदायीक विकास परियोजना” मार्फत सामुदायीक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गर्दै समुदाय विकासलाई अगाडि बढाउँदै आइरहेको संस्थाका कार्यक्रम आचार्यले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation