सिसहनियाँ २३ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ४ सानादह ठाडाका ८२ वर्षीय खिमबहादुर बेल्वासेले आफ्नी स्वर्गीय श्रीमती धनकुमारी बेल्वासेको पहिलो स्मृतिमा निलसागर सेवा आश्रमलाई २१ हजार ५ सय ५ रुपैयाँ दान गरेका छन ।
बेल्वासेले शुक्रबार कामना सेवा विकास बैंक, अम्रई ठाडाबाट आश्रमको बैंक खातामा सो रकम पठाएका हुन । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर आश्रमले सडकमा आश्रित गरिब, दुखी र बेसहारा व्यक्तिहरूलाई आश्रय र सहयोग प्रदान गर्दै आएको छ ।
कार्यवाहक अध्यक्ष गरिवु चौधरीका अनुसार बेल्वासेले यस सहयोगबाट सडक आश्रित र गरिब दुःखीहरूलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि महसुस गरेको बताएका छन । निवृत्त राष्ट्रसेवक कर्मचारी समेत रहेका बेल्वासेकी श्रीमतीको गत वर्ष ७४ वर्षको उमेरमा निधन भएको थियो ।











