मङ्लबार, मंसिर २४, २०८२

फेसबुकलाई निर्वाचन आयोगको आग्रह– चुनावबारे पोस्ट भएका भ्रामक सूचना ब्लक गरिदिनु

सोमबार दिउँसो आयोगका पदाधिकारीहरूले जमलस्थित आफ्नै कार्यालयबाट अमेरिकामा रहेको मेटाका केन्द्रीय कार्यालयका प्रतिनिधिसँग भिडियो संवाद गर्दै मिथ्या, भ्रामक सूचना एवं द्वेषपूर्ण अभिव्यक्तिको फैलावट रोक्न आग्रह गरेको हुन् ।

मंसिर ४ मा हुने निर्वाचनमा फेसबुकबाट हुनसक्ने मिथ्या, भ्रामक सूचना एवं द्वेषपूर्ण अभिव्यक्तिको फैलावट रोक्न निर्वाचन आयोगले सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटालाई आग्रह गरेको छ । सोमबार दिउँसो आयोगका पदाधिकारीहरूले जमलस्थित आफ्नै कार्यालयबाट अमेरिकामा रहेको मेटाका केन्द्रीय कार्यालयका प्रतिनिधिसँग भिडियो संवाद गर्दै मिथ्या, भ्रामक सूचना एवं द्वेषपूर्ण अभिव्यक्तिको फैलावट रोक्न आग्रह गरेको हुन् ।

इन्टरनेटमार्फत प्रत्येक व्यक्तिको हातमा रहेको मोबाइलमा भ्रामक सूचना पुग्दा मतदाताले गलत निर्णय गर्नसक्ने भन्दै भ्रामक सूचना रोक्न आयोगले चासो देखाएको हो ।

हालै नेपालमा गरिएको एक अध्ययनले नेपालमा निर्वाचनको बेलामा व्यापक भ्रामक र मिथ्या समाचार तथा अन्य सामग्री फेसबुकमा फैलिएको तथ्याङ्क सार्वजनिक भएपछि आयोगले छलफल गरेको हो । स्थानीय निर्वाचन २०७९ सम्पन्न हुनुअघि नै सबैभन्दा बढी मात्रामा भ्रामक सूचना सम्प्रेषण भएको थियो ।

अघिल्लो चुनावमा गरिएको एक अध्ययन अनुसार फेसबुकपछि १९ प्रतिशत युट्युबमा, ८ प्रतिशत टिकटकमा र १ प्रतिशत ट्विटरमा भ्रामक सूचना सम्प्रेषण भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation