सिसहनियाँ ४ मंसिर । सेवक कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ७ बड्का सिसहनियाँको १३औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष सुविता चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा गाउँपालिकाकी उपाध्यक्ष चाैधरीले नेपाल जस्तो विकासउन्मुख मुलुकमा सहकारी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकोले यसको सिद्धान्त र गरिमालाई पनि बचाएर अघि बढ्न आग्रह गर्नुभयाे ।

सहकारी क्षेत्रलाई व्यवस्थित, मर्यादित र थप विश्वसनिय बनाउन आवश्यक रहेको चर्चा गर्दै उपाध्यक्ष चाैधरीले सहकारी मार्फत मजदुरवर्गको गरिबी निवारण गर्न सकिने उल्लेख गर्नुभयो ।
“एक घर एक सहकारी सदस्य, एक घर एक सदस्य राेजगारी”भन्ने मुल नाराका साथ सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष सुविता चाैधरीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, काेषाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले आर्थिक प्रगति प्रतिवेदन र सचिव सुलाेचना चाैधरीले संस्थाको प्रस्तावित वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभामा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चाैधरी, वडा नम्बर ७ कि वडा सदस्य उमा परियार, मुक्त कम्लहरी विकास मञ्चकि प्रतिनिधि निमा चाैधरी, शेयर सदस्य इन्द्र चाैधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियाे ।
संस्थाकी उपाध्यक्ष सुनिता चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक अमिता चाैधरीले गर्नु भएको थियो ।












