शनिबार, कार्तिक २३, २०८२

लालमटियामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ५० जनाले गरे रक्तदान

देउखुरी ६ मंसिर । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा बिहिबार भएको खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।

जसमा १७ जना महिलाले पहिलो पटक रक्तदान गरेका थिए ।

राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजना र लालमटिया बजार व्यवस्थापन समुहको सह आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमा ५० जनाले रक्तदान गरेको थिए भने १७ जना महिला रहेका थिए ।

राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजना र लालमटिया बजार व्यवस्थापन समुहको सह आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा राप्ती गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लमहीको प्राविधिक सहयोगमा रहेको थियो । रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख मनिषा चन्द, सिमा वलीले सेवा दिएका थिए ।

बिगतका दिनमा राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले भालुवाङमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएकोमा पहिलो पटक लालमटियामा आयोजना गरेको हो । एकै स्थानमा रक्तदान गर्नु भन्दा फरक फरक स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्दा नयाँ रक्तदाताको पहिचान हुने हुदा यस पटक लालमटियामा कार्यक्रमको आयोजना गरिएको राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष हरी खड्काले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation