शनिबार, कार्तिक २३, २०८२

साइलेन्ट किलरको रुपमा देखिँदै एन्टिबायोटिक रेसिस्टेन्स, जनचेतना आवश्यक

देउखुरी आधिकांश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रूप लिने अधिकारीहरूले औंल्याएका छन् । एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् । विश्व अर्थतन्त्रमा १०० खर्ब अमेरिकी डलरको भार पर्ने छ ।

बुझौं, बुझाऔं आजैबाट रोकथाममा जुटौ‌ भन्ने मुल नाराका साथ आइतबार बिश्व स्वास्थ्य संगठनको समन्वयमा सरोकारवालाहरु बीच लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह समापन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले एन्टिबायोटिकको अवस्था राम्रो नभएको औँल्याएका छन् । उक्त औषधिको जथाभावी प्रयोग, मनलाग्दी रुपमा भएको खरिद, कृर्षी , पशु लगायत विभिन्न क्षेत्रमा अनावश्यक प्रयोग हुँदा एन्टिबायोटिकले काम गर्न छाडेको हो । काम गरेका औषधिकहरु पनि निकै महँगा र गरिब जनताको पहुँचमा नभएको सहभागीले बताएका छन् ।

स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले एण्टिबायोटिक औषधीहरुको जथाभावी प्रयोगले निकट भविश्यमा मानव स्वास्थ्यमा गंभिर असर देखापर्ने बिश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेको बताए । विस्तारै एन्टिबायोटिक औषधिको काम गर्ने क्षमता शून्यमा पुग्दै गएको र उक्त समयमा देशले ठूलो क्षति ब्यहोर्नु पर्ने अवस्था आएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. बासुदेव उपाध्यायले चिकित्सकको सिफारिस बिनै एण्टिबायोटिकको प्रयोग बढ्दै गएको बताउदै २२ प्रतिशत मानिसहरुले एण्टिबायोटिकको डोज नै पुरा नखाने बताए । उनले भने ७० प्रतिशत मानिसहरुले कडा खालको एण्टिबायोटिक्स औषधीको प्रयोग गर्ने गरेका छन् ।

एन्टिबायोटिकको विकास भएको धेरै वर्ष भइसकेको छ । सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक अन्तिम पटक बनेको थियो । ३५ वर्ष यता कुनै नयाँ एन्टिबायोटिक बनेको छैन । एन्टिबायोटिकले २०३० सम्ममा थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुर्याउने देखिएको छ । जसले गर्दा विश्व अर्थतन्त्रमा मात्रै १०० खर्ब अमेरिकी डलरको भार पर्ने छ देखिन्छ। एण्टिबायोटिक औषधीहरुको जथाभावी प्रयोगले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको ह्रास गराईरहेको भन्दै एण्टि माईक्रोवियल रेसिष्टेन्स अभियान कार्यान्वयन गर्न बिद्यालय तहबाट पाठ्याक्रममै समावेश गरेर सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट बताए ।

सरकारले एन्टिबायोटिकले काम गर्न छाडेपछि देशका २५ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैविक प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलनको कार्य सुरु भएको छ । जनावरमा ७ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैविक प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलन थालिएको छ । २५ ल्याबबाट १० वटा ब्याक्टेरियाको सर्वेक्षण केन्द्रिय प्रयोगशालाले गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation