नेकपा माओवादी केन्द्र राप्ती ३ को तेस्रो सम्मेलन सम्पन्न : अध्यक्षमा घर्ती मगर चयन

भालुबाङ १५ मंसिर । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाले मंसिर २८ गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय गरे सँगै विभिन्न वडाका सम्मेलन सुरु गरेको छ ।

शुक्रबार वडा नम्बर १ काे अधिवेशन सम्पन्न गरेको पार्टीले शनिबार वडा नम्बर ३ काे तेस्रो अधिवेशन सम्पन्न गरेको हाे ।

वडा कमिटीका ईन्चार्ज शान्त प्रसाद चाैधरीकाे अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष लुमाकान्त न्याैपाने “सागर”काे प्रमुख आतिथ्यता एवम् बैकल्पिक केन्द्रीय सदस्य हाेम प्रसाद शर्माकाे विशिष्ट आतिथ्यतामा सम्पन्न अधिवेशनले भान बहादुर घर्ती मगरको अध्यक्षतामा २१ सदस्य वडा कमिटी सर्वसहमत चयन गरेको छ ।

जसको उपाध्यक्षमा तेज कुमारी चौधरी, सचिवमा रमेश गिरी र कोषाध्यक्षमा मिल्कु चौधरी रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा गिता परियार, राजकुमारी घर्ती, शान्ती घर्ती, सीता चौधरी, मन्जु चौधरी, शान्ती विक लगायत रहनु भएको छ ।

अधिवेशनमा गाउँ कमिटीका पदाधिकारी, जन वर्गीय संगठनका पदाधिकारी लगायत वडाका पार्टी सदस्यहरुकाे उल्लेख सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation