लुम्बिनी प्रदेश दाङ देउखुरीको लालमटियामा खुल्यो स्पा सेन्टर

देउखुरी १५ मंसिर । लुम्बिनी प्रदेशकाे राजधानी स्थल राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सुविधा सम्पन्न स्पा (शरीर मसाज) सञ्चालन आएको छ ।

राेल्पा घर भई हाल राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा डिलक्स इन हाेटल एण्ड लज सञ्चालन गर्दै आउनुभएका प्रभात केसीले स्क्वाड स्पा (शरीर मसाज) सेन्टर सञ्चालन ल्याउनु भएको हाे ।

स्पाकाे शनिबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नुभएको छ। साे अवसरमा बाेल्दै अध्यक्ष विष्टले स्पाले मानिसको शारीरिक, मानसिक अवस्था स्वस्थ राख्नुका साथै भावनात्मक सम्बन्ध लाई समेत मजबुत बनाउन सहयोग पुर्याउने बताउनुभयो ।

राजधानी समेत रहेको यस क्षेत्रमा स्पाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएकाे उल्लेख गर्दै अध्यक्ष विष्टले स्पा सञ्चालनले स्थानीय स्तरमा राेजगारी समेत सिर्जना गर्ने बताउनुभयो ।

साे अवसरमा बाेल्ने वक्ताहरुले स्पाले व्यस्त मानिसहरुको जीवनलाई स्वस्थ बनाउन सहयोग गर्ने बताउदै व्यवसाय व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न सुझाव दिनुभयो ।

करिब दस लाख रुपैयाँ लागतमा सञ्चालनमा ल्याइएको स्पा सेन्टरमा एसी, एटेज बाथरुम सहित ६ वटा सुविधा सम्पन्न काेठाहरु रहेकाे सञ्चालक प्रभात केसीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार स्पामा हाेल बडी मसाज,हेड मसाज,फुट मसाज सेवा प्रदान गरिने छ भने केही समयमै स्टिम बाथ, ज्याकुजी थेरापी सेवा थप गरिने छ । हाल स्पा सेन्टरमा दक्ष तथा अनुभव ५ जना कर्मचारीहरु रहेका छन् ।

उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी, वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी लगायत स्थानीय व्यावसायिकहरुकाे उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation