संघीयताको सवलिकरणमा मिडियाको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य

दाङ १८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणकालागी मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शमिरजंग शाहको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डल संग मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार भएको भेटमा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरिरहेको, अझैं प्रदेश सरकारबाट सम्पादन भएका काम र असल अभ्यासहरुलाई नागरिक माझ पुर्याउन जोड दिनुभयो ।

‘प्रदेश स्थापनाभएदेखीनै मिडिया क्षेत्रसंग सहकार्य भइरहेको छ । प्रदेशको सम्भावना र सम्पादन भएका कामले जनस्तरमा पुर्याएको योगदानलाई बाहिर ल्याउन जरुरी छ’उहाँले भन्नुभयो,‘सुशासन, पारदर्शीता र जवाफदेहिताको लागि मिडिया क्षेत्रबाट अझै भूमिका बढाउनुपर्ने छ ।

यसका लागि प्रदेश सरकार मिडिया क्षेत्रसंग सहकार्य गरेर साथसाथै अघि जान चाहन्छ ।’ भेटमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शमिरजंग शाहले सार्वजनिक प्रशारण संस्था गठन गरेर नयाँ ढंगले नेपाल टेलिभिजन र रेडियो नेपाल आगडी बढेको, आगामी दिनहरुमा पनि प्रदेश सरकार संग सहकार्य गरेर जाने बारेमा जानकारी गराउनु भएको छ । भेटमा एनटिभी कोहलपुरका प्रमुख विजयकुमार बर्मा लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation