मङ्लबार, माघ २१, २०८२

राजमार्गका होटलमा रात्रिकालीन छड्के अनुगमन

सिसहनियाँ १८ मंसिर । दाङको राप्ती गाउँपालिका अन्तर्गत राजमार्ग क्षेत्रमा रहेका हाेटलहरुकाे मंगलबार राती छड्के अनुगमन गरिएको छ ।

राप्ती गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरकाे संयुक्त टाेलीले वडा नम्बर १ काे भालुबाङ देखि वडा नम्बर ५ काे पहड्वा सम्म रहेका आधा दर्जन बढी हाेटलहरुकाे छड्के अनुगमन गरेको हो ।

अनुगमनको क्रममा होटलहरूको सरसफाइ, खाद्य वस्तुको म्याद, गुणस्तर, भण्डारण,मूल्य सुची, दर्ता नवीकरणकाे अवस्था लगायतको बारेमा अनुगमन गरिएको थियो ।

विशेषगरी उपभोक्ताहरुकाे स्वास्थ्यकाे ख्याल गर्दै लामाे यात्राका यात्रुहरूले खाना खाने हाेटलहरुकाे अनुगमन गरिएको राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा सरसफाइ तथा अन्य कमीकमजोरी देखिएका हाेटलका सञ्चालकहरुलाई तत्काल सुधार गर्नका लागि आवश्यक सल्लाह सुझाव प्रदान गर्नुका साथै उपभोक्ताहरूलाई सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालले जानकारी दिनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरीको नेतृत्वकाे अनुगमन टोलीमा पालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बराल, खाद्य निरीक्षकहरु सुदर्शन गाेसाई,विवेक कुमार सुवेदी इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चाैेकी मसुरियाका प्रहरीहरुकाे सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation