बुधबार, चैत्र ११, २०८२

माओवादी केन्द्र राप्ती २ को अध्यक्षमा तामाङ निर्विरोध

भालुबाङ १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर २ को तेस्रो अधिवेशनबाट अध्यक्षमा राजकुमार तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा नवराज पौडेल,सचिव मुकुन्द पोख्रेल,सह-सचिव श्यामुनाथ चौधरी र कोषाध्यक्षमा तुलसा वि.क निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा गोपाल वि.क, सुरेन्द्र गुरुङ, भगु कुमाल, खुसिराम चौधरी, माया चौधरी, टेक बहादुर रावत, जीवन पौडेल, दुखिराम सार्की, बिर कुमार चौधरी, फकरु चौधरी, हिमलाल नेपाली, रिता विक, दुर्गी नेपाली, सीता शर्मा, विष्णु चौधरी, पिमा गाहा मगर, फुर्सी परियार, चेउकली कुमाल, प्रेम सुनार र मंगल बहादुर कुमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

वडा कमिटीका अध्यक्ष लाल बहादुर चौधरीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष लुमाकान्त न्यौपाने(सागर)काे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय बैकल्पिक सदस्य हाेम प्रसाद शर्मा, प्रदेश सचिव कृष्ण अधिकारी (प्रकाश),प्रदेश कमिटी सदस्य श्यामेस चाैधरी,प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंङ विक, गाउँ कमिटीका पदाधिकारी, जन वर्गीय संगठनका पदाधिकारी लगायत वडाका पार्टी सदस्यहरुकाे उल्लेख सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation