मङ्लबार, माघ २१, २०८२

राप्तीमा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण

भालुबाङ १९ मंसिर । दाङको राप्ती गाउँपालिकामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरकाे आयोजना एवम् राप्ती गाउँपालिकाकाे सहकार्यमा सडक तथा बजार क्षेत्रमा बिक्रिका लागि राखिने खाद्य पदार्थ (स्ट्रिट फुड) को खाद्य स्वच्छता अभिवृद्धिका लागि उक्त अभिमुखिकण कार्यक्रम गरिएको हाे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा अध्यक्ष विष्टले खाद्य पदार्थको स्वच्छताका लागि उत्पादक, संचालक गम्भीर बन्नुपर्ने भन्दै नियमनकारी निकायको सक्रियता पनि कडाईको साथ बढाउनु पर्ने बताउनुभयाे ।

धेरै दिर्घ राेगहरु खानपिनका कारण नै लाग्ने गरेको उल्लेख गर्दै अध्यक्ष विष्टले व्यवसायीहरुलाई सरसफाइ र खाद्य गुणस्तरमा ध्यान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालले खाद्य गुणस्तर निगरानीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भूमिका र खाद्य निरीक्षण अधिकारीद्वय विवेक कुमार सुवेदी र सुदर्शन गोसाईले सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थमा खाद्य स्वच्छता र सरसफाइको महत्त्व एवम् खाद्य स्वच्छता कायम गर्ने विधिहरूका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, हाेटल व्यवसाय संघ लुम्बिनीका सचिव महेश बेल्वासे, राप्तीका अध्यक्ष सुमन्त भुसाल, हाेटल, पानीपुरी, चटपटे व्यवसायीहरुकाे सहभागीता रहेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङले आफ्नो कार्यक्षेत्रभित्रका बजारहरुमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर नियमनका लागि निरन्तर अनुगमन निरिक्षण तथा सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation