बिहिबार, कार्तिक २१, २०८२

प्रगतिनगर शहरी खानेपानी संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न

देउखुरी १३ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका–८ पिपरीस्थित प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सातौं वार्षिक साधारणसभा शनिबार पिपरीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डेको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले स्वच्छ र शुद्ध खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताउनुभयो ।

उहाँले सर्वसुलभ रूपमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउनु सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै मासिक शुल्क तिर्न नसक्ने विपन्न परिवारलाई स्थानीय सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले खानेपानीसँगै सरसफाइका विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

संस्थाकी उपाध्यक्ष नारायणी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका सचिव तिर्थराज ज्ञवालीले वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित योजना प्रस्तुत गर्नुभएकाे थियो । भने कोषाध्यक्ष लुमबहादुर गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष विष्टले संस्था स्थापनाका लागि विशेष सहयोग गर्ने संघ, संस्था तथा व्यक्तित्वहरुको नामावली उल्लेख गरिएको शिलालेख अनावरण गर्नुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपाने, राप्ती गाउँपालिका कार्यपालिका सदस्य रण बहादुर पुजाली, वडा नम्बर ५ का सदस्य गोविन्द कुँवर क्षेत्री, पूर्व वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार गोवर्धन रावत, वडा नम्बर ८ का पूर्व वडा अध्यक्ष गोकर्ण बहादुर राना, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख मनोहरराम चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव तिर्थराज ज्ञवालीले गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation