बिहिबार, कार्तिक २१, २०८२

नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन सम्पन्न

गढवा १७ पौष । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन बुधबार गढवामा सम्पन्न भएको छ ।

गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेअओ अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

तेस्रो अधिवेशनमा बोल्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रजित थारुले माओवादी भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार अन्त्य र शुसासनको लागि खबरदारी अभियान सञ्चालन गरेको र भ्रष्टाचार गर्ने जुनसुकै पार्टीका नेता कार्यकर्ता भए कानुन बमोजिम कारबाही गरिनु पर्छ भन्ने मान्यताकासाथ अघि बढेको बताउनुभयो । माओवादी केन्द्रको सरकार भएको स्थानीय तहमा सबैको साझा मुद्दा लाई समेट्ने गरी बिकाशको गतिविधि बढेको बताउनुभयो ।

गढवा गाउँपालिकामा माओवादी केन्द्रको सरकार छ र गढवाका कृषी तथा पशुपालन कृषकहरुलको हकहितका लागि, उत्पादन बस्तुको बजारीकरणका लागि र महिला शसक्तिकरणको लागि अघी बढेको बताउनुभयो। माओवादी बिना देशको समानुपातिक विकाश अघि बढ्न नसक्ने बताउनुभयो ।

त्यसैगरी तेस्रो गाउँपालिका अधिवेशनमा बोल्दै माओवादी केन्द्रका लेखा आयोग केन्द्रीय समितिका सदस्य तथा दाङ जिल्ला सह इन्चार्ज राम बहादुर दहितले जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त उपलब्धि मेटाउने प्रयास भैरहेकोलै त्यसको बिरुद्धमा खबरदारी गर्ने र जनताको बिच बाट बहिसकृत गर्ने कार्यभार माओवादी केन्द्रको कांधमा आएको बताउनु भयो । पार्टीलाई एकजुट गर्दै सुदृढ़ीकरण गर्दै प्राप्त उपलब्धि मेटाउने दुष्प्रयास गर्ने शक्तिहरुको बिरुद्धमा सबै लाग्नुपर्ने बताउनुभयो ।

त्यसैगरी अधिबेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि उपाध्यक्ष लुमाकान्त न्योपाने सागरले भ्रष्टाचार र शुसासनको लागि सडक सदन र जनताको साथमा एक साथ खबरदारी गर्ने बताउनु भयो । एमाले काग्रेसको सरकार भ्रष्टाचार लाई बचाउने गरी बनेको सरकारलाई मनपरी कार्य गर्न नदिने बताउनुभयो । २०८४ को निर्वाचनमा वडाध्यक्ष र पालिका सहित सबै वडामा माओवादी केन्द्रका नेतालाई जिताउन गरी तयारी गर्न आवश्यक रहेको बताउनुभयो। पार्टी बलियो र मजबुत नभए सम्म स्थानीय सरकारले जनताको पक्षमा सफल काम गर्न नसक्ने बताउनुभयो ।

गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशनमा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला संयोजक हरिमान पुन बरुण, प्रदेश कमिटि सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रदेश कमिटि सदस्य तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिस्ट, जिल्ला सचिव बिश्वराज आचार्य लगायतका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीका उपाध्यक्ष देवराज यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला सदस्य तथा गढवा गाउँपालिका ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation