शनिबार, चैत्र ७, २०८२

सिसहनियाँ महोत्सवमा आज नायक पल शाह आउँदै

सिसहनियाँ ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–५ कालापानी सिसहनियाँमा सञ्चालित दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ मा आज सांगेतिक क्षेत्रका नायक पल शाह आउन लागेका छन् ।

सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभुत अस्पतालको पुर्वी भागमा सञ्चालित महोत्सवमा आफ्नो प्रस्तुती दिन नायक शाह आउन लागेको उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।

नायक शाह सँगै चर्चित गायक तथा मोडेल विजय पुन, मोडेल नारायणी खत्री, थारु गायक राजेन्द्र चौधरी, गायिका विशाखा शाही, गायक श्रीधर कंडेल समेत आउन लागेको संघका अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् ।

नायक शाह आउने भएपछि आज मुख्य प्रवेशद्धारा र २ नम्बर गेटमा समेत कडाइ गरिन लागेको आयोजकले जानकारी दिएको छ ।

साथै महोत्सव अवलोकन गर्न आउने सर्वसाधारण, पत्रकारहरुलाई समेत दिउँसो २ बजे भित्र महोत्सव प्रवेश गरिसक्न आयोजकले सुझाव दिएको छ । भिडभाड निकै बढ्न सक्ने भन्दै दर्शकहरुलाई छिट्टै महोत्सवमा प्रवेश गर्न आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation