बुधबार, कार्तिक २०, २०८२

कसैको शिर झुक्न दिने छैनौंः मुख्यमन्त्री आचार्य

बाँके १६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशबासीको शिर झुक्न नदिनेगरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।

अर्घाखाँची सम्पर्क मञ्च बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारका कारण कसैलेपनि शिर झुकाउन नपर्ने बताउनु भएको हो ।‘सरकारले सुशासनको थालनी र प्रयास अघि बढाएको छ । सरकारको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं’उहाँले भन्नुभयो,‘हाम्रा कारणले कसैले पनि शिर झुकाउनुपर्ने छैन्, गर्वगर्ने काम गर्छौं ।’

भ्रस्टाचार न्यूनीकरणका लागि ५ बर्षे रणनीतिक योजना ल्याइएको भन्दै उहाँले कर्मचारी तहमा जारी गरिएको १४ बुदे निर्देशनपछि केही परिवर्तन देखिन थालेको बताउनुभयो । सरकारले नागरिकका हरेक गुनासो सुन्ने र त्यसलाई सम्वोधन गर्न तत्परता देखाउने विश्वास दिलाउनु भयो ।‘सरकारका कमि कमजोरी देख्नु भयो भने उतिखेरै भनिहाल्नुहोला, समय पर्खीने होइन’उहाँले भन्नुभयो,‘तपाईहरुले दिएका सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्छौं ।’ सरकराले गरेका कामहरुको उपलब्धि देखिने अवस्थामा पुगेको बताउनु भयो ।

सो अवसरमा मञ्चका अध्यक्ष बिष्णु खनाल, संविधानसभा सदस्य देवराज भार, लुम्बिनी प्राबिधिक विश्व विद्यालयल आयोग सदस्य कृष्णचन्द्र घिमिरे, प्रभात ठकुरी, कस्मिरा खातुन, बुद्धि बन्जाडे लगायतले मुख्यमन्त्री आचार्यलाई मायाको चिनोसहित सम्मान गर्नुभएको थियो ।

यसैविच मुख्यमन्त्री आचार्यलाई नेपालगन्ज साईक्लिङ क्लबद्वारा आयोजना हुने टुर दी ठाकुरद्वारा साईकलयात्राको बारेमा जानकारी समेत गराइएको छ । यो यात्राले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गर्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation