दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री, मन्त्रिहरुका स्वयकिय सचिवहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यले अभिमुखीकरण कार्यक्रमको मंगलबार उद्घाटन गर्दै प्रदेश सरकारले सम्पादन गरेका कामहरुलाई जनस्तरमा प्रभावकारी रुपमा पु¥याउन निर्देशन दिनुभयो ।
प्रदेश सरकारले नागरिकको दैनिक जीवन संग जोडिएका थुप्रै कामहरुलाई कार्यान्वयन गरिरहेको, त्यसलाई जनस्तरमा पुर्याउन, प्रदेशलाई स्थापित गर्ने सवालमा ध्यान दिएर काम गर्न निर्देशन दिनु भएको हो ।‘सरकारले सुशासन, पारदर्शीता, जावफदेहिताको क्षेत्रमा थुप्रै काम गरेको छ । यति मात्र होइन, विकास निर्माणका कामहरुलाई पनि गति प्रदान गरेको छ । यसलाई स्थापित गर्न जनपरिचालनको क्षेत्रमा सचिवालयले प्रभावकारी रुपमा काम गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘नागरिकको आवश्यकता र चाहना अनुसार प्रदेश सरकारले बार्षिक तथा आवधिक योजनाहरु निर्माण गरेर अघि बढेको छ ।
समुदाय तहबाट आउने सुझाव र गुनासाहरुलाई सम्वोधन गर्नेगरी सरकारले काम गरिरहेको छ । यसलाई अझ व्यवस्थित गर्न जरुरी छ ।’ एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमकाे उद्घाटन गरिएको थियाे ।
एमाले संसदीय दलका उपनेता भाेजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसीप्रसाद चाैधरी, प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सचिवालयको काम, कर्तब्य र जिम्मेवारीको बारेमा प्रशिक्षण दिनुहुने छ ।











