बुधबार, कार्तिक २०, २०८२

राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न

भालुबाङ २५ माघ । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं (हिउँदे) अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

गाउँसभाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

गाउँ सभामा विभिन्न समितिका संयोजक तथा सदस्यहरुले विभिन्न प्रस्तावहरु प्रस्तुत गर्नु भएको पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिनुभयो ।

प्रवक्ता चाैधरीका अनुसार “गाउँपालिकाकाे चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमकाे संशोधन” प्रस्ताव गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरीले प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै आर्थिक विकास समितिका संयाेजक गेमे खड्काले “गाउँपालिकाको आर्थिक ऐन २०८१” को संशोधित प्रस्ताव र सुशासन समितिका संयाेजक देव प्रसाद चाैधरीले “राप्ती गाउँपालिका अन्तर्गतका कार्यालयकाे संगठन संरचना” सम्बन्धि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत उक्त प्रस्ताव उपर व्यापक छलफल गरि सर्वसम्मत रुपले पारित गरिएको प्रवक्ता चाैधरीले जानकारी दिनुभएको छ ।

त्यस्तै सभामा सभाका सदस्य रिम बहादुर सुनारी मगरले प्रस्तुत गर्नु भएको “पालिकाकाे आर्थिक वर्ष २०८०/८१ को वार्षिक सम्पत्ति प्रतिवेदन २०८१” संशोधन सहित सर्वसम्मत रुपले पारित भएको छ ।

सभाको शून्य समयमा गाउँसभा सदस्यहरुले जनजीविकाका विविध विषयमा आफ्ना धारणा तथा जिज्ञासाहरु राख्नु भएको थियो भने सभाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले उठेका जिज्ञासाहरुको उत्तर दिनुभएको थियो ।

यसैबीच राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकालाई विभिन्न माध्यम बाट सल्लाह सुझाव दिनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सभा माघ ६ गतेदेखी सुरु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation