बुधबार, कार्तिक २०, २०८२

चैतन्य पाठशालाको प्रथम वार्षिकोत्सव सम्पन्न

भालुवाङ २६ माघ   चैतन्य पाठशाला राप्ती गाउँपालिका ४ मारीघाटको प्रथम वार्षिकोत्सब कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

विद्यालयका अध्यक्ष ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको वाषिर्कोत्सव उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले बालबालिकालाई संस्कार युक्त शिक्षा दिन आवश्यक रहेको बताएका छन् । किताबी ज्ञानले मात्र नहुँने हुँदा बालबालिकालाई संस्कार युक्त शिक्षा दिन सके मात्र कल्पना गरेको जस्तो समाज निर्माण हुन सक्ने भएकोले कितावी ज्ञान सँग संस्कारयुक्त शिक्षा दिन उनले सवै विद्यालयलाई सुझाव दिएका छन् ।

सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, विद्यालयका प्रबन्धक डा. जिवराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाका प्रधानाध्यापक केशवराज आचार्य, अभिभावक मिनराज अधिकारी, अभिभावक सुजन क्याटलिन आचार्य, विद्यार्थी संझना मल्ल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले गुणस्तरीय र व्यवाहारिक शिक्षा दिन चैतन्य पाठशाला अब्बल रहेको बताएका छन् । आफुहरूलाई अब्बल बनाउन निजी विद्यालयहरूले नयाँ नयाँ चिज दिदै आएपछि सामुदायिक विद्यालयहरू पनि प्रतिस्पर्धामा आएको बताएका छन् । राज्यले मात्र शिक्षाको जिम्मा लिने नभई समुदायले पनि साथ र सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।

सो अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न साँस्कृतिक प्रस्तुति समेत देखाइएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्राचार्य सुष्मा रेग्मी आचार्यले प्रस्तुत गरेकी थिइन् ।

विद्यालयका सहायक प्राचार्य पशुपति पाैडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालक बसन्तराज भट्टराई र सुमित्रा थापाले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation