बुधबार, कार्तिक २०, २०८२

ढिलोचाडो माओवादी घटकहरूबीच एकता हुन्छ : महरा

भालुबाङ २८ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले ढिलोचाडो माओवादी घटकहरूबीच एकता हुने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीस्थित प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै महराले माओवादी घटकहरूबीच एकता अनिवार्य रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “ढिलोचाडो माओवादी घटकहरूबीच एकता हुन्छ। अलि ढिलो होला, तर हामी एक ठाउँमा उभिनै पर्छ। देशको राजनीति अहिले स्थिर अवस्थामा छैन । कांग्रेस–एमालेको सरकार भए पनि निकै नाजुक अवस्थामा छ । यो अवस्थाबाट माथि उठ्नका लागि माओवादीप्रति आकर्षण बढेको छ ।”

उहाँले एमाले र कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर बढिरहेको उल्लेख गर्नुभयो । पार्टीले लामो बहसपछि केन्द्रीय समितिको बैठक सम्पन्न गरेको जनाउँदै, बैठकले पार्टीलाई नयाँ माेडमा लैजाने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “विभाजित मानसिकता भएका माओवादीहरू एक ठाउँमा उभिएपछि हामी २०६४ सालको अवस्थामा फर्किन सक्छौँ । केन्द्रीय समितिको बैठकले एकताको सन्देश दिएको छ, र यो प्रक्रिया विस्तारै अघि बढ्नेछ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation