शनिबार, चैत्र ७, २०८२

राप्ती ९ नम्बर वडा कार्यालयद्वारा विपन्न परिवारलाई जस्तापाता वितरण

सिसहनियाँ ७ फागुन । दाङको राप्ती गाउँपालिका ९ नम्बरकाे कार्यालयले आर्थिक रूपले विपन्न ६ परिवारलाई जस्तापाता वितरण गरेकाे छ ।

वडा कार्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी चन्दौली निवासी एकल महिला पुना देवी सारु मगर, मुस्लिम टोल निवासी एकल पुरुष इशा मिया, नयाँगाउँ सितलडाँडा निवासी लिलबहादुर भट्टराई, निमबहादुर राना, प्रेमबहादुर भट्टराई र कमल सिङ्जाली मगरलाई जस्तापाता वितरण गरेको हो ।

विपन्न परिवारलाई आधारभूत आवासीय सुविधामा सहयोग पुर्याउने उद्देश्यले प्रतिपरिवार ३३ हजार ३ सय रुपैयाँ बराबरको जस्तापाता वितरण गरिएको वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले बताउनुभयो ।

अध्यक्ष सुनारी मगरले आगामी आर्थिक वर्षमा पनि यस्ता घरपरिवारको पहिचान गरी कार्यक्रमलाई निरन्तरता दिँदै थप परिवारलाई सहयोग गरिने बताउनुभयो ।

जस्तापाता वितरण कार्यक्रममा वडा सदस्य दधि बहादुर बराल मगर, प्राविधिक मान बहादुर जिसी, समाजसेवी तथा बुद्धिजीवी बसन्त चुहान मगर, गिम बहादुर सिङ्जाली, तुलाराम सुनारी, कृष्ण बहादुर थापा, नारायण भट्टराई लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation