बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माणधिन शर्ट चलचित्र “टेक्नोलोजी शिक्षा’’ को नाम सार्वजनिक गरिएको छ ।
शर्ट फिल्म ‘टेक्नोलोजी शिक्षा’’को कथा निर्देशक नब राज शर्मा आफैले लेखेका हुन् भने यस शर्ट फिल्मलाई शर्माले निर्देशन गर्ने भएका छन् ।
म्युजिक भिडियोमा नृत्य निर्देशकको रुपमा आफ्नो पहिचान बनाएका शर्माले ‘”टेक्नोलोजी शिक्षा’’बाट शर्ट फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । उनलाई संगीत विकल्पले निर्देशनमा साथ दिने निर्माण पक्षले जनाएको छ ।
एन आर एस क्रियसन ब्यानरमा निर्माण हुने ‘टेक्नोलोजी शिक्षा’ का निर्माता संगीत विकल्प हुन भने कार्यकारी निर्माता धिरेन गजमेर रहेका छन् ।
शर्ट फिल्म ‘टेक्नोलोजी शिक्षा’ले अहिलेको सबै भन्दा आएको विद्यार्थीको समस्या जस्तै पढाइ भन्दा टेक्नोलजीमा बढी बेस्ट र पढाइ मा शून्य क्रियाकलाप रहेको र यो समस्याको समाधान यस शर्ट फिल्मबाट सन्देश दिने कार्यकारी निर्माता गजमेरले बताएका छन । गजमेरले यो भन्दा पहिला म्युजिक भिडियोहरु निर्माण गरिसकेका छन् ।
आगामी चैत्रको दोस्रो साताबाट छायांकन सुरु गरिने यस शर्ट फिल्मका लागि कलाकारहरु छनौट भइरहेको छ । शर्ट फिल्ममा श्रीराम पोख्रेल ‘ विशाल ‘को छायांकन रहने छ ।











