भालुबाङ १७ फागुन । नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको प्रथम पूर्ण बैठक शनिबार बराखुटीमा सम्पन्न भएको छ ।
बैठक गाउँ कमिटीका अध्यक्ष रण बहादुर पुजाली ‘राजेन्द्र’ को अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
बैठकले प्रत्येक वडामा ‘एक गाउँ, एक कमिटी’ गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै पार्टीको गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सचिवालय तथा विभिन्न विभागहरू गठन गर्ने निर्णय गरेको गाउँ कमिटीका सचिव जगत थापाले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले नौ वटै वडाका लागि विभिन्न व्यक्तिहरुलाई वडा इन्चार्ज र सह-इन्चार्जकाे जिम्मेवारी ताेकेकाे छ ।
साथै, बैठकले पार्टीद्वारा सञ्चालित राष्ट्रव्यापी हुलाकी राजमार्ग केन्द्रित अभियानअन्तर्गत आगामी चैत ४ गते दाङ देउखुरीको गढवामा हुने जागरण सभामा राप्तीबाट व्यापक जनसहभागिता गराउने निर्णय गरेको छ ।











