बुधबार, कार्तिक २०, २०८२

लालमटिया खानेपानीको १४औँ साधारण सभा तथा ५औं अधिबेसन सम्पन्न, अध्यक्षमा ज्ञवाली चयन

भालुबाङ १७ फागुन । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटीयामा रहेको लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १४औ साधारण सभा तथा ५औं अधिबेसन लालमटीयामा शनिबार समपन्न भयको छ ।

लालमटीया खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष गुरु प्रसाद ज्ञवालीको अध्यक्षता तथा भालुबाङ खानेपानी, सरसफाइ उपभोक्ता संघका अध्यक्ष तथा खानेपानी महासङघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हस्त बहादुर गुरुङको प्रमुख आतीथ्यता तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बाकेका ईन्जीनीयन भक्ति प्रसाद काफ्लेको बिशिस्ट आतिथ्यमा सम्पन्न भयको हो ।

साधारण सभामा बोल्दै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बाकेका ईन्जीनीयन काफ्लेले खानेपानी आयोजनमा लाग्ने अनुमानित पैसट्ठी लाख मध्ये पच्चीस लाख मत्रै परेकोले काम गर्न कठिनाई हुने बताउनु भएको हो ।

साधारण सभा तथा अधिबेसनमा संस्थागत बार्षिक प्रतीबेदन २०८०/०८१ प्रस्तुत गर्दै संस्थाका सचीब शोभाकान्त न्यौपानेले २४सै घन्टा सबैको धारामा सुद्ध खानेपानी सप्लाई गर्दै आएको बताउनु भयो ।

त्यसैगरी साधारण सभा तथा अधिबेसनमा बार्षिक साधारण आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै कोषाध्यक्ष गिता शर्माले आर्थिक वर्ष २०८०/०८१ मा पानी महसुल मासीक १५ लाख तीस हजार ५ सय पैतिस बराबरको नयाँ धारा जडान १ लाख ५४ हजार ८ सय नयाँ प्रवेश सुल्क ३० हजार छुट्टी भिन्न ९ सय ‘कवाड समान बिक्री, १ हजार तिन  सय ठाउसारी, १ हजार १ सय नामसारी, ३ हजार ३ सय महोत्सबबाट पानी महसूल २ हजार सात सय लगाएतका शीर्षकमा गरि  एक करोड २५ लाख नौ हजार सातसय ९० रूपया २६ पैसा व्यय प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा  राप्ती गाउपालीकाका जनप्रतीनिधी, विभीन्न संघ सस्थाका प्रमुख तथा प्रतीनिधी, विद्यालयका प्रतीनीधी, राजनीतीक दलका प्रतिनिधि, उपभोक्ता समीतीका निवर्तमान पदाधीकारी समाजसेबी, बुद्धीजीवी पत्रकार लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी आन्तरीक लेखा सुपरीवेक्षक समीतीका संयोजक तिलक अधिकारीले कार्यसमीती पुननिर्माण गरी सक्षम कार्यसमीती गठन गर्नु पर्ने जस्ता सल्लाह सुझाब दिनुभयको थियो ।

१४औ साधारण सभा तथा पाचौ अधिवेसनबाट एघार सदस्यीय कार्यसमीती गठन भयको छ । गुरु प्रसाद ज्ञवालिको अध्यक्षतामा एघार सदस्य रहने गरि नयाँ कार्य समिती गठन गरिएको छ । जसमा उपाध्यक्ष गोपाल खत्री, सचिव राम प्रसाद अधीकरी, कोषाध्यक्ष लोकमाया तामाङ चयन भएका छन भने सदस्यहरुमा मुक्तिराम पौडेल, साबीत्रा पाण्डे, मुना केसी, टिका रायमाझी, केशब सुवेदी, लालमणी भुसाल र  बिरबहादुर कुमाल रहेका छन ।

त्यस्तै लेखा समीतीको संयोजकमा प्रकास न्यौपाने सदस्यहरुमा लिलामणी पोख्रेल, कृष्णा पोख्रेल, सुनिता कुमाल र लोकमाया के.सी रहेका छन ।

निर्वाचन समीतीमा संयोजक पहलवान चौधरी, सदस्यहरु डिलाराम पौडेल, बाबुराम अधिकारी, कुमकला रेस्मी र माया गुरुङ रहेका थिए ।

खानेपानी सदस्य कृण्णा पोखेको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रमको संन्चालन रुकमाङगत ज्ञवालीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation