बुधबार, कार्तिक २०, २०८२

लैङ्गिक समानताको लागि सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ २४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनु भएको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको हो ।

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।‘प्रदेश सरकारको तर्फबाट लैङ्गिक समानता नीति, २०८० बनाएर कार्यान्वयनमा ल्याएका छौँ । महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ,’उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले आधारभूत तहसम्म लैङ्गिक समानतासँग जोडिएका अभियान तथा कार्यक्रमहरू पु¥याउनुपर्नेमा जोड दिनुभयो ।‘जहाँ समस्या छ, त्यहाँ प्राथमिकता दिनुपर्छ । समाजमा अहिले पनि थुप्रै असमानताहरू छन् । ती असमानताहरू हटाउन नीतिको प्रभावकारी कार्यान्वयन नै आजको आवश्यकता हो’शुभकामना सन्देशमा उल्लेख छ ।

नेपालमा यस वर्ष ‘सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । मुख्यमन्त्री आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था एवम् अधिकारकर्मीहरूलाई थप ऊर्जा र उत्साहका साथ कार्य गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation