बुधबार, कार्तिक २०, २०८२

राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत

मसुरीया २४ फागुन । दाङको राप्ती गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउनु भएका देविराम पाठकलाई स्वागत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरीसहित अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूले फूलमालासहित प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत गर्नुभएको हाे ।

स्वागत कार्यक्रममा अध्यक्ष विष्टले पाठकलाई कार्य सम्पादन पत्र प्रदान गर्दै उहाँको आगमनले गाउँपालिकाको सेवा प्रवाह, सुशासन र समग्र विकासलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।

“आवश्यकताका आधारमा निर्णय लिने, स्रोत साधनको अधिकतम उपयोग गर्ने र सुशासनलाई सुदृढ बनाउने कार्यमा पूर्ण प्रतिबद्धता आवश्यक छ। तपाईंकै नेतृत्वमा राप्ती गाउँपालिकाले उत्कृष्टता हासिल गर्नेछ भन्ने अपेक्षा राख्छु,” अध्यक्ष विष्टले भन्नुभयाे ।

त्यस्तै, उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत पाठकको अनुभव, कार्यक्षमता र नेतृत्व क्षमताले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकले गाउँपालिकाको समृद्धि र विकासका लागि सबै पक्षसँग आवश्यक सहयोग र समन्वय गर्दै निष्पक्षता, इमानदारिता र मेहनतका साथ अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका नेब बहादुर वली सहसचिव पदमा बढुवा भई बाँसगढी नगरपालिकामा गए पछ पाठक प्यूठानको सरुमारानी गाउँपालिकाबाट सरुवा भई राप्ती गाउँपालिकामा आउनुभएकाे हाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation