शनिबार, चैत्र ७, २०८२

दाङको राप्ती गाउँपालिकामा लुम्बिनीका श्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

भालुवाङ २६ फागुन । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ साेमवार लुम्बिनी प्रदेशकाे राजधानी दाङकाे राप्ती गाउँपालिकामा  सम्पन्न भएको छ ।

उपमा सञ्चार प्रालि र तेज नेपाल मल्टीमिडिया प्रालिको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । उपमा सञ्चार प्रालिकी अध्यक्ष आशा गौतमको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख घर्तीमगरले मौलिक कला तथा संस्कृति संरक्षणको आवश्यकता औंल्याए ।

उनले स्थानीय कला र संस्कृतिमा नै मौलिक पहिचान रहेको उल्लेख गर्दै, हाल ती लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे । साथै, स्थानीय समुदायको आर्थिक उपार्जनका लागि मौलिक कला तथा संस्कृतिलाई पर्यटनसँग जोड्न आवश्यक रहेको कुरामा उनले विशेष जोड दिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, पत्रकार राधेश्याम गुप्ता, सन्तोषकुमार गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष राजेन्द्र चौधरी लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न विधाका दर्जनौ कलाकार तथा स्रष्टालाई अवार्ड प्रदान गरिनुका साथै अग्रज पत्रकारको रुपमा नयाँ युगबोध राष्ट्रिय दैनिकका राधेश्याम गुप्ता, देउखुरी टुडे डटकमका अध्यक्ष प्रधानसम्पादक सन्तोषकुमार गुप्ता सहित विभिन्न साहित्यकार, कलाकार तथा श्रष्टाहरूलाई सम्मान र मायाको चिनो समेत प्रदान गरिएको थियो ।

तेज नेपाल मल्टीमिडिया प्रालिका अध्यक्ष सुमनकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन उपमा सञ्चार प्रालिका सचिव अनिल सुनामले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation