बुधबार, कार्तिक २०, २०८२

राप्ती गाउँपालिकाले गर्यो स्थापना दिवसको अवसरमा बृहत् सरसफाई

मसुरीया २७ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा मंगलबार बृहत् सरसफाई कार्यक्रम गरेको छ ।

गाउँपालिकाको नौ वटै वडा कार्यालयको अगुवाइमा टोल विकास संस्था तथा स्थानीय संघ-संस्थाहरूको सहभागितामा टोल, बाटो, कार्यालय परिसर लगायतका वस्ती तथा सार्वजनिक स्थलहरूमा सरसफाई गरिएको हो ।

कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, वडा अध्यक्षहरु तथा अन्य जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, स्थानीय क्लब, सुरक्षाकर्मी तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

सो अवसरमा सरसफाइ संस्कारको हिस्सा बन्नु पर्ने र प्रत्येक व्यक्तिले आफ्नो घर वरपर सफा राख्न आफ्नो जिम्मेवारी सम्झनु पर्ने गाउँपालिका अध्यक्ष प्रकाश विष्टले धारणा राख्नुभयो ।

यसै अवसरमा गाउँपालिकाले फागुन २८ गते बुधबार बिहान वडा नं. ६ काे मझेरिया देखि वडा नं. ३ काे बसन्तापुरसम्म साइकल दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

त्यसपछि, बिपी आधारभूत विद्यालय बसन्तापुरकाे परिसरमा फूल प्रजातिका विरुवा रोपण गरिनेछ । साथै, सोही दिन बेलुका गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।

स्थापना दिवसका अवसरमा २९ फागुनका दिन गाउँपालिकाको समृद्धि र विकासका विषयमा विशेष छलफल आयोजना गरिनुका साथै विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation