बुधबार, कार्तिक २०, २०८२

दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार नियम विपरीत चलाएका सवारी साधनहरु धमाधम नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।

शुक्रबार दाङ जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा

ती सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको दाङ ट्राफिक प्रमुख शाहीले बताउनुभयो । उहाँका अनुसार हेलमेट नलगाएर मोटरसाइकल चलाउने ३ जना राखेर मोटरसाइकल चलाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने काजगपत्र साथमा नबोकी सवारी चलाउने कारबाहीमा परेका छन् ।

कारबाही पर्नेमा मोटरसाइकल कार अटो रहेको उहाँले बताउनुभयो । होलीको समयमा शुक्रबार जिल्लामा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

होली पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन गरिएको चेकिङका क्रममा ट्राफिक नियमको उलङ्घन गरी सवारी साधन चलाउने १२२ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको छ । यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने १९ जनालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation