शुक्रबार, चैत्र ६, २०८२

कृषकहरूको भोटिङ प्रक्रियाबाट गढवामा मसुरोको नयाँ जात संकलन

गढवा ९ चैत । गढवा गाउँपालिका वडा नम्बर ५ खजरौटामा कृषकहरूको भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कोसे‌बाली अनुसन्धान कार्यक्रम खजुरा बांकेको आयोजनामा भएको कार्यक्रममा गढवाका कृषकहरूले भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट गरेको कोशी बाली अनुसन्धान कार्यक्रम खजुराका प्रमुख डाक्टर अनिल पोखरेलले जानकारी दिनुभयो ।

नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद् नेपाल कृषि अनुसन्धान परिषद् ऐन २०४८ अन्तर्गत स्थापित भएको कोशीबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेले दिवस कार्यक्रमको अवसरमा सो कार्यक्रमको आयोजना गरेको प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

कोसेबाली दिवस कार्यक्रमको अवसरमा गढवा गाउँपालिका वडा नम्बर ५ खज्रौटाका किसानहरूले विभिन्न प्रजातिका मसुरोहरूबाट भोटिङ प्रक्रियाबाट नयाँ जात छनोट गरेका हुन् ।

कार्यक्रममा मसुरो र चना परीक्षणका क्रममा रहेका ६/६ वटा जात बाट कृषकले छनोटबाट/ भोटिङ पद्धति बाट उत्कृष्ट छनोट गर्ने कार्य सम्पन्न भएको हो ।

कृषक स्तरमा गरिएको परीक्षणमा छ वटा अनुजातमध्ये RL12, ILL7979 र RL79 उत्कृष्ट भएको प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ र राजपुर गाउँपालिका वडा नम्बर ३ गरी ३८ जना कृषकको सहभागिता रहेको थियो । त्यसैगरी कार्यक्रममा हेफर इन्टरनेसनलका जेनी घर्ती मगर गढवा गाउँपालिकाका फुलन्देवी चौधरी लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation