मङ्लबार, कार्तिक १९, २०८२

ऎरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको १६औँ वार्षिक क्याम्पससभा सम्पन्न

देउखुरी २० वैशाख । लुम्बिनी प्रदेश दाङ देउखुरी राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको १६औं वार्षिक क्याम्पससभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष केशवराज खनालको अध्यक्षता तथा पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नवनिर्मित प्रशासनिक भवनको प्रमुख अतिथिद्वारा उद्घाटन गरिएको थियोे ।

कार्यक्रममा क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले शैक्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष ताराप्रसाद भुसालले आर्थिक प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो। क्याम्पसमा स्थापना गरिएको तामपितम अक्षयकोष,रविलाल बोधकुमारी अक्षयकोष,जगतप्रसाद पौडेल अक्षयकोष,धनबहादुर कुमारीदेवी भट्टराई अक्षयकोषबाट प्राध्यापक र विद्यार्थी पुरस्कृत एवं सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेटमणि चौधरी, पब्लिक क्याम्पस प्राध्यापक संघ लुम्बिनी प्रदेश अध्यक्ष युवराज रावत, पूर्व अध्यक्ष एवं सल्लाहकार चन्द्रबहादुर जिसी, नेपाली काङ्ग्रेसका दुर्योधन पाण्डे, आन्तरिक लेखा समिति संयोजक कृष्ण गिरी, चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा.जीवराज आचार्य, पत्रकार महेश रिजाल, गढवा बहुमुखी क्याम्पस प्रमुख विकास रजौरे, स्ववियु सभापति विनोदकुमार सोनीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्याम्पस सञ्चालक समिति सदस्य रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख चन्द्र प्रकाश वलिले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष केशवराज खनालले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation