शुक्रबार, चैत्र ६, २०८२

सागर ढकाल भन्छन्–बाकसहरु प्रशासनले एक्लै लिएर हिँडेको छ, आज राति सुत्न भएन

डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निर्वाचन सकिएपनि बक्सको सुरक्षा गरिनुपर्ने अवस्था रहेको भन्दै स्थानीयसँग सहयोग मागेका छन् । उनले प्रशासनले मतदान भएका बाकसहरु  एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको दाबी गर्दै सहयोग मागेका हुन् ।

‘डडेल्धुराका जनताहरु बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यहि राखेर बस्नु पर्यो । गाडीको स्कर्टिङ हजुरहरुले नै गर्नुपर्यो’, सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘कतिपय ठाउँमा बुथको बाकसहरु कुनै पनि उम्मेदवारको एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको छ । आज राति सुत्न भएन ।  जंगल छ भने झन् ख्याल गर्नुपर्यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध गरेका छन ।’

ढकालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation