देउखुरी । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालीका वडा नम्बर २ लालमटीयामा रहेको लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समुहमा विद्युत छिनछिनमै आउने जाने गरेका कारणल खानेपानीको चरम अभाव भएको छ ।
समीतीको बैठकले विद्युत अनियमितताका कारण सहज रुपमा पानी वितरण गर्न नसकीयको वतायको छ ।
विद्युतको भोल्टेजले काम नगरेका कारण प्राप्त पानी संकलन हुन नसकेको र उपभोक्ताहरुलाई प्राप्त पानी वितरणका लागि विकल्प खोजी रहेको खानेपानी समीतीका अध्यक्ष गुरूप्रसाद ज्ञवालीले जानकारी दिनु भएको छ ।
भोल्टेजले काम गरेमा पानी सबै धारामा आउने र पानी संकलन गरि उपभोक्ताहरुलाई जानकारी दिने लालमटीया खानेपानी उपभोक्ता समुहले बताएको छ ।











