भालुबाङ ६ बैशाख । हेलेन केलर इन्टरनेसनल, आईडीई नेपाल र बेस संस्थाको साझेदारीमा राप्ती गाउँपालिका वडा नम्बर १ र २ मा कुपोषण प्रभावित १५ परिवारलाई सरसफाइ, कृषि सामग्री र बायोसेन फिल्टर वितरण गरिएको छ ।
मंगलबार सम्पन्न कार्यक्रममा माध्यम तथा कडा शीघ्र कुपोषण भएका बालबालिकाका परिवारलाई लक्षित गर्दै ९ घरमा बायोसेन फिल्टर जडान गरिनुका साथै १५ परिवारलाई सरसफाइ र कृषि सामग्री प्रदान गरिएको हो ।
सामाग्री वडा नं. १ का वडाध्यक्ष गेम बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, लालमटिया आधारभूत स्वास्थ्य केन्द्र प्रमुख रमा पौडेलको रोहबरमा वितरण गरिएको थियो ।
कार्यक्रममा बेस संस्थाका फिल्ड सुपरभाइजर रमेश पन्थी, सामुदायिक परिचालक शरद चौधरी, सि.बी.एफ विष्णी चौधरी, हरि सिग्देललगायत स्वास्थ्य संस्थाका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।











