स्तर निर्धारण तथा प्रत्यायन नियमावली २०८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रम

भालुबाङ १७ असार। लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरी दाङ भालुबाङमा रहेको होटल पौवामा प्राविधिक शिक्षालयहरुको स्तर निर्धारण तथा प्रत्यायन विनियमावली, २०८१ सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

यो कार्यक्रम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटी सानो ठिमी भक्तपुरको आयोजनामा क्वालिटी परियोजनाको सहकार्यमा भएको हो । यस कार्यक्रममा स्तर निर्धारण तथा प्रत्यायनका आवश्यकता तथा महत्त्वका बारेमा छलफल भएको थियो ।

यस कार्यक्रममा राप्ती गाउँपालिकाको प्रमुख श्री प्रकाश विष्ट र उपप्रमुख कमलापति चौधरीको विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव वसन्तराज कोइरालाज्युको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त कार्यक्रम लुम्बिनी प्रदेश मा रहेका २७६ प्राविधिक शिक्षालयहरुको स्तर निर्धारण सम्बन्धि विवरण विस्तृत रुमपा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

स्तर निर्धारण तथा प्रत्यायन के हो? यस मा कसले आबेदन गर्न सक्छन? प्राविधिक धार अंतर्गर कता शिक्षालय् हरु समाबेश गरिएका छन् भन्ने विषयमा जानकारी दिइएको थियो ।

त्यसै गरि स्तर निर्धारण मुल्यांकनका मापदण्डहरु तिनका सूचक तथा उप सुचकहरु, स्तर निर्धारण तथा प्रत्यायनबाट हुने फाइदाहरु, प्रत्यायनका प्रकियाहरु र उपधिहरुको बर्गिकरणको बारेमा पनि स्पस्ट पारिएको थियो ।

कार्यक्रमको संचालन कृष्ण बहादुर खड्काले र कार्यक्रम को विस्तृत जानकारी तथा प्रस्तुतीकरण सिटिइभिटिका उप- निर्देशक खेमराज पोख्रेलले गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सिटिइभिटि लुम्बिनी प्रदेशका निर्देशक श्री अच्युत राज तिमिल्सिनाले यस स्तर निर्धारण तथा प्रत्यायन प्रक्रियाको प्रदेश स्तरको आबश्यकता तथा ति प्रक्रियाका कमजोरीहरुको बिषयमा प्रस्ट पार्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation