पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने देउखुरीको दोलई खोला पुलको मर्मत

देउखुरी । सिसहनिया उद्योग वाणिज्य संघको अगुवाइमा र ट्राफिक प्रहरी सिसहनिया तथा सडक डिभिजन कार्यालय दाङको सक्रिय सहकार्यमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने दोलई खोलाको पुलमा परेको खाडल मर्मत गरिएको छ ।

पछिल्लो केही समयदेखि पुलको बिच भागमा खाडल परेपछि सवारी आवागमनमा समस्या उत्पन्न भएको थियो । यसले गर्दा दुर्घटना हुने सम्भावना बढेको र स्थानीयवासी तथा यात्रुहरूमा असहज स्थिति सिर्जना भएको थियो ।

उद्योग वाणिज्य संघका अध्यक्षले भने, “स्थानीय सरोकारवाला निकायहरूको समन्वयमा सानो प्रयासले ठुलो दुर्घटना टार्न सकिन्छ भन्ने उद्देश्यका साथ हामीले यो पहल गरेका हौं ।”

मर्मत कार्यमा ट्राफिक प्रहरीको तर्फबाट सवारी व्यवस्थापनमा सहयोग पुऱ्याइयो भने सडक डिभिजन दाङले आवश्यक प्रविधिक तथा जनशक्ति सहयोग उपलब्ध गराएको थियो ।

स्थानीय बासिन्दाहरूले पुल मर्मतप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता समस्या देखिनासाथ तत्काल कदम चाल्न सम्बन्धित निकायहरूलाई अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation