नर्ती खानेपानीको ९औं बार्षिक साधारण सभा सम्पन्न

देउखुरी २८ साउन । लुम्बिनि प्रदेश दाङ देउखुरीको लमही नगर पालिका वडा नम्बर १ नर्तिमा रहेको नर्ति खानेपानी तथा सरसफाई उपभोक्ता संघको वार्षिक साधारण सभा खानेपानी को आफ्नै भवनमा बुधवार सम्पन्न भयेको छ ।

नर्ति खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष क्वारी विकको अध्यक्षता एवं खानेपानी तथा सरसफाई डिभिजनका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

लमही नगरपालिका खानेपानी महासंघका अध्यक्ष पदम योगी, निवर्तमान वडा अध्यक्ष नुमराज पौडेल, देउखुरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खगेस्वर खनाल, प्रगतिनगर खानेपानीका अध्यक्ष भरत पाण्डे, सुर्यविनायक माध्यामिक विद्यालयका कार्यबाहक प्र.अ कृष्ण कुमार चौधरी लगायत बुदिजिवी, संघ सस्थाका प्रतिनिधि, उपभोक्ता तथा पत्रकारहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ति बालेर गर्नु भयको थियो ।कार्यक्रममा बोल्दै, खानेपानीमा सुद्दता, उपभोक्ता समिति र समुदायहरू संग सहकार्य गरेर साथ सहयोग र सुझाबको अपेक्षा रहेको प्रमुख अतीथि तिलक न्यौपानेले गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा भरत पाण्डे, जंगवहादुर चौधरी, नुमराज पौडेल, खगेश्वर खनाल, पत्रकार केपि घिमिरे लगायतले सुभकामना मन्तव्य दिएका थिय ।

सो कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत संस्थाका सचिव हरी पौडेल ले गर्नु भयको थियो | भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष लाल बहादुर पुनले प्रस्तुत गर्नु भयको थियो ।

लोकराज सेडाइको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रमको संञ्चालन संस्थाका सचिव हरी पौडेलले गर्नु भएको थियो भने संस्थाका कार्यवाहक अध्यक्ष क्वारी विकले कार्यक्रमको समापन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation