GEN-Z को विद्रोह, नयाँ परिस्थिति र निकासबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

भालुवाङ ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को आयोजनामा दाङ देउखुरीको राप्ती गाउँपालिका–१, भालुवाङमा “GEN-Z को विद्रोह: नयाँ परिस्थिति र निकास” विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व ने.क.पा. राप्ती गाउँपालिका स्तरीय सचिव अशोक चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि रूपमा ने.क.पा. स्थायी समिति सदस्य सन्तोष कुमार बुढा सहभागी हुनुहुन्थ्यो ।

विशिष्ट अतिथि तथा सहभागीहरूमा ने.क.पा. दाङ जिल्ला इन्चार्ज सचिन सी, केन्द्रीय सदस्य तथा राप्ती गाउँपालिका इन्चार्ज विक्रम सी, राजपुर गाउँपालिका इन्चार्ज सुरज सी, एमाले राप्ती गाउँपालिका इन्चार्ज जगत पोखरेल, ने.क.पा. (माओवादी) केन्द्रीय सदस्य होमप्रसाद न्यौपाने, वामपन्थी नेता मुकुन्द रोका, नेपाल मगर संघ केन्द्रीय सदस्य भीमप्रकाश पुन, एकता समाज भालुवाङका विस्पुरा घर्ति मगर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङका अध्यक्ष भीम मरासिनी, शिक्षक तथा बुद्धिजीवी जिवराज शर्मा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा दाङ जिल्ला इन्चार्ज सविन सीले देशको वर्तमान राजनीतिक परिस्थिति, युवापुस्ताको भूमिका तथा GEN-Z को विद्रोह सम्बन्धी विषयमा प्रकाश पार्दै अन्तरक्रिया सुरु गर्नुभएको थियो ।

अन्तरक्रियामा युवाहरूको भोलिका चुनौती, राजनीतिक चेतना, सामाजिक भूमिकाको पुनर्परिभाषा र सम्भावित मार्गचित्रबारे गम्भीर छलफल गरिएको थियो । सहभागी वक्ताहरूले GEN-Z पुस्ताको जागरण, प्रविधिसँगको सम्बन्ध, सामाजिक उत्तरदायित्व र समसामयिक राजनीतिक अवरोधहरूको निकासबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन ने.क.पा. दाङ जिल्ला सदस्य अजित गुरुङले गर्नुभएको थियो भने समापन सभापति अशोक चौधरीको अध्यक्षतामा भालुवाङ स्थित रामजहदी सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा मंगलबार सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation