चैतन्य पाठशालाद्वारा अभिभावकहरूको उपस्थितिमा दशैं–तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

देउखुरी १० असोज । लुम्बिनी प्रदेश, दाङ देउखुरी स्थित राप्ती गाउँपालिका–३ मौरीघाटमा रहेको चैतन्य पाठशालाले कक्षा ४ देखि कक्षा १२ सम्मका अभिभावकहरूको उपस्थितिमा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

बालकेन्द्रित र प्रयोगात्मक शिक्षण–सिकाइबाट अभिभावक र बालबालिकाको मन जित्न सफल यस विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले परियोजना कार्य अन्तर्गत निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शनी, नृत्य, शुभकामना मन्तव्य तथा अन्य आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यता तथा शिक्षा शाखा प्रमुख विश्वास बिकको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि बिष्टले विद्यालयको प्रोग्रेसिभ एजुकेसन मेथड अन्तर्गतको शिक्षण पद्धतिलाई उच्च प्रशंसा गर्दै यस विद्यालयबाट भावी वैज्ञानिक, अर्थशास्त्री र कलाकारहरू जन्मिँदै गएको बताउनुभयो । साथै, देउखुरीकै मुटुमा गुणस्तरीय भौतिक पूर्वाधारसहितको उत्कृष्ट शैक्षिक संस्था उपलब्ध भएकाले अब अभिभावकले आफ्ना सन्तानलाई बुटवल, काठमाडौँ वा भारत पठाउनुपर्ने बाध्यता नहुने पनि स्पष्ट पार्नुभयो ।

विद्यालयका अभिभावक कृष्ण पौडेलले शिक्षण–सिकाइ पद्धति सहज र व्यवहारिक भएको भन्दै विद्यालयप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।

सभापति डा. आचार्यले निरन्तर सहयोग र विश्वासका लागि सम्पूर्ण अभिभावकप्रति आभार प्रकट गर्दै विद्यालय दोस्रो वर्षमै अभिभावकहरूको मन जित्न सफल भएको बताए । साथै, आगामी दिनमा अझ प्रभावकारी शैक्षिक यात्रातर्फ विद्यालय अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सहप्राचार्य बसन्तराज भट्टराईको स्वागत मन्तव्यपछि शिक्षक बीपी खनालले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राचार्य सुष्मा रेग्मी आचार्यले शुभकामना मन्तव्य मार्फत कार्यक्रमको महत्त्व प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको समापन डा. जिव राज आचार्यले गर्नु भयको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation