राप्ती गाउँपालिका–३ मसुरीयामा सव–डिभिजन बन कार्यालय भवनको शिलान्यास

देउखुरी । लुम्बिनी प्रदेशको दाङ देउखुरीस्थित राप्ती गाउँपालिका–३ मसुरीयामा सव–डिभिजन बन कार्यालय भवन निर्माण कार्यको विधिवत् शिलान्यास गरिएको छ ।

मंसिर १७ गते आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन मन्त्रालयका माननीय मन्त्री देउकरण प्रसाद कलवार प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि वन तथा वातावरण मन्त्रालय लुम्बिनीका सचिव प्रमोद भट्टराई रहे भने डिभिजन बन कार्यालय लमहीका सिनियर बन डिभिजन अधिकृत जिवन पंगीनी, नेपाल बन प्राविधिक संघका अध्यक्ष केशर खड्का, घन्टदेव सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष दुर्योधन पाण्डे लगायत वन समितिका पदाधिकारी तथा डिभिजन बन लमही र सव–डिभिजन कार्यालयका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

शिलान्यास समारोहमा प्रमुख अतिथि मन्त्री कलवार, विशिष्ट अतिथि सचिव भट्टराई तथा सिनियर बन डिभिजन अधिकृत पंगीनीले संयुक्त रूपमा पूजापाठ गरी भवन निर्माणको कार्य विधिवत् रूपमा सुरु गरेका हुन्। नयाँ भवन निर्माणले स्थानीय वन प्रशासन सुदृढ भई सेवा प्रवाह थप प्रभावकारी हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation