ऐरावती आदर्श बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

भालुवाङ २९ मंसिर । राप्ती गाउँपालिका–२ लालमटियास्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थीहरूलाई लक्षित गरी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालन समिति अध्यक्ष केशव राज खनाल रहनु भएको थियो भने विशिष्ट अतिथि क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली रहनु भएको थियो ।

कार्यक्रममा सञ्चालन समिति उपाध्यक्ष विलोचन चौधरी, कोषाध्यक्ष ताराप्रसाद भुसाल, समिति सदस्यहरू अनिल पौडेल, रामप्रसाद चौधरी, कृष्णप्रसाद सुवेदी, जगत थापा, रमेशमान गुरुङ, सहायक क्याम्पस प्रमुख तुल्सीराम पौडेल र चन्द्रप्रसाद वली, शिक्षा संकाय प्रमुख भेषबहादुर बुढाथोकी, व्यवस्थापन संकाय प्रमुख धनबहादुर रावत, पूर्व क्याम्पस प्रमुख विष्णुप्रसाद भुसाल लगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य स्ववियु उपाध्यक्ष निराजन शर्माले दिनु भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचन गरी गरिएको थियो ।

शुभकामना मन्तव्य सहायक क्याम्पस प्रमुख चन्द्रप्रकाश वली, तुल्सीराम पौडेल, शिक्षा संकाय प्रमुख भेषबहादुर बुढाथोकी, व्यवस्थापन संकाय प्रमुख धनबहादुर रावत, क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली तथा प्रमुख अतिथि केशव राज खनालले व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमलाई विद्यार्थीहरूको नृत्य प्रस्तुतिले थप रोचक बनाएको थियो। यस अवसरमा सबै नयाँ विद्यार्थीहरूलाई प्रमुख, विशिष्ट तथा अन्य अतिथिहरूबाट खादा लगाई स्वागत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन स्ववियु सचिव चन्चली सुनारले गर्नु भएको थियो भने कार्यक्रमको समापन भालुवाङस्थित पौवा होटलमा विनोद कुमार सोनीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation