अर्जेन्टिनालाई हराएपछि खुसियाली मनाउन साउदी राजाद्वारा एक दिन सार्वजनिक बिदाको घोषणा

कतारमा जारी विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेपछि साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजिज अल साउदले खुसियाली मनाउन एकदिने सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

साउदीले मंगलबार विश्वकपमा समूह ‘सी’ को खेलमा अर्जेन्टिना विरुद्ध २ – १ को ऐतिहासिक जित निकालेको थियो । साउदीले विश्वकपमा पहिलोपटक अर्जेन्टिनाविरुद्ध जित निकालेको हो ।

खेलमा साउदीले १-० ले पछि परेको अवस्था उल्ट्याउँदै २-१ को जित दर्ता गरेको थियो । लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए पनि दोस्रो हाफमा सालेह अल सेहरी र सलिम अल ड्वसारीले गोल गरेपछि साउदीले जित पक्का गरेको थियो ।

“बुधबार सबै क्षेत्रका पुरुष, महिला कामदार, शैक्षिक क्षेत्रका विद्यार्थी र सबै निजी क्षेत्रमा भोलि सार्वजनिक बिदाका लागि निर्देशन जारी गरिएको छ,” साउदीको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation