बुधबार, कार्तिक २०, २०८२

जुम्लामा जितेपछि शाहीले भने- ‘भ्रष्टचार गर्दिनँ, गर्न पनि दिन्नँ’

जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।

निर्वाचित भएपछि विजय र्‍यालीको क्रममा खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठूलो आसा र भरोसाले दिएको मतलाई निराशामा परिणत हुन नदिने बताए ।

उनले भने, ‘केन्द्रमा उठेको जुम्लाको आवाजलाई दबाइएको छ । जुम्लाको प्रतिनिधित्वलाई सौतेनी व्यवहारले हेरिन्छ । त्यो सौतेनी व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु ।’

अहिलेसम्म सांसद जितेर गएपछि गाउँ फर्कँदैनन् भन्ने आरोपलाई चिर्दै शाहीले भने जुम्लाका सबै स्थानीय तहमा पुगेर मतदाताको दु:ख पीडा सुन्ने बताए । ‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन । अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु । ढुक्क हुनुस,’ उनले भने ।

उनले यस क्रममा आफूलाई कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको पनि भोट आएको भन्दै सबैलाई समान व्यवहार गर्नेबताए । उनले भने, ‘साझा एजेण्डा लिएर अघि बढौं, अब जुम्ला बन्छ । जुम्ला बनाउन सबै तयार छौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation