बुधबार, कार्तिक २०, २०८२

रातिको बेलामा पनि झलमल्ल उज्यालो बन्ने तयारीमा राप्ती गाउँ पालिका

दाङको राप्ती गाउँपालिकालाई सडक बत्ती मार्फत उज्यालो बनाउने गरी ‘उज्यालो राप्ती’ अभियानकाे सुरुवात गरिएको छ ।

राप्ती गाउँपालिकाले लमही-भालुवाङ सडक खण्डकाे  वडा नं. १ काे भालुवाङ देखि वडा नं.५ काे सिङ्गेखाेला सम्मकाे करिब १५ किलोमिटर सडककाे विभिन्न स्थानहरूमा १ सय ५० भन्दा बढीको संख्यामा ‘सेन्सर’ सहितका ‘स्मार्ट’ सडक बत्तीहरू जडान गर्ने गरी उज्यालो राप्ती अभियानको काम अघि बढाइएको हाे ।

सडक बत्ती जडान गर्नका लागि आर्थिक वर्ष २०७९/८० मा राप्ती गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेकाे पालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । पालिकाकाे सहयोग तथा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यलय लमही सँगको सहकार्यमा यो कार्यकाे शुरुआत गरिएको छ ।

साेमबार वडा नं.५ काे सिङ्गेखाेला देखि वडा नं.८ काे बिजाैरी सम्म सडक बत्ती जडान गर्ने कार्य सकिएको छ भने केहि दिन भित्रै सम्पूर्ण काम सम्पन्न हुने प्राविधिकहरुले बताएका छन् । सडक बत्ती जडानले गाउँपालिकालाई थप सुरक्षित र सुन्दर बनाउनुका साथै रातीको समयमा हुन सक्ने दुर्घटना, चोरी, लुटपाट जस्ता घटनाबाट बच्न सकिने अध्यक्ष विष्टले विश्वास व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation