बुधबार, कार्तिक २०, २०८२

११ सांसद्ले खिचे मतदानको फोटो, सामाजिक सञ्जालमा राख्न गगनको चुनौती

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा मोबाइल प्रयोग नगर्न गरिएको अनुरोधलाई नकार्दै ११ जना सांसद्ले मोबाइलमा तस्बिर खिचेका छन् ।

केहीबेरअघि सम्पन्न निर्वाचनमा ११ जना सांसद्ले मोबाइलबाट तस्बिर खिचेका हुन् । बाहिरबाट निर्वाचन समितिका पदाधिकारीले नखिच्न अनुरोध गर्दागर्दै पनि उनीहरूले तस्बिर खिचेका हुन् ।

निर्वाचित भएर आएका सांसद्हरू कमजोर भएको देख्दा आफूलाई अचम्म लागेको संसदीय दलको नेताको एक उम्मेदवार गगन थापाले बताए ।

‘हामी बाहिरबाट तस्बिर नखिच्नुस् भनिरहेका छौं, जबरजस्ती उहाँहरूले खिच्नुभयो,’ उनले भने, ‘यस्तो होला कि भनेर मैले पहिले नै भनेको हो, तर यत्रो पार्टीमा निर्वाचित भएर आएका सांसद्हरू त्यति कमजोर किन हुनुभयो भन्ने लाग्यो ।’

थापाले तस्बिर खिच्नेहरूलाई बेलुकी सामाजिक सञ्जालमा पोस्ट गर्न चुनौतीसमेत दिए ।

‘तस्बिर खिचेर लैजाने साथीहरूले छातीमा टाँसेर हिँडे पनि केही भएन मलाई,’ उनले थपे, ‘खिचेर लैजाने साथीहरूले चाहिँ आज बेलुका आ–आफ्नो सामाजिक सञ्जालमा राखिदिनुस्,  आफूले राखेको भोट त मैले फलानोलाई राखेँ भन्न सक्नुपर्यो नि !’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation