बिहिबार, कार्तिक २१, २०८२

बुधवारदेखि राप्ती गाउँपालिकामा राष्ट्रिय परिचय पत्र विवरण संकलन हुने

दाङको राप्ती गाउँपालिकामा बुधवारदेखि राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन कार्य शुरु हुने भएको छ ।

पहिलो चरणमा राप्ती गाउँपालिकाको वडा नम्वर १,२,४,६,७,८ र ९ बाट विवरण संकलनको कार्य शुरु गर्न लागेको हो । भने बाँकी वडाहरु ३ र ५ मा दुई तीन दिन भित्रै विवरण संकलन गरिने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए ।

राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन कार्य शुरु गर्न मंगलबार जिल्ला प्रशासन कार्यलय दाङको आयोजना तथा राप्ती गाउँपालिकाको सह आयोजनामा राप्ती गाउँपालिकाको सभा हल मसुरियामा अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ ।                                                                                                   

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा बोल्दै अध्यक्ष विष्टले राष्ट्रिय परिचपत्र निर्माण जस्तो महत्वपूर्ण कार्यमा कोही पनि नछुट्ने गरी विवरण टिपाई राज्यलाई सहयोग गर्न अनुरोध गरेका छन् । अध्यक्ष विष्टले राष्ट्रिय परिचय पत्र बनाउँदा नागरिकलाई हरेक सरकारी कामकाजमा सहजता हुने भएकाले सकभर कोही पनि नछुट्न अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation