बिहिबार, कार्तिक २१, २०८२

कालिका साबउस लालमटियाको आयोजनामा माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुँदै

दाङ देउखुरीको राप्ती गाउँपालिका २ हर्षेडाँडा लालमटियामा माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ ।                                             

कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुन लागेको हो । समुहका अध्यक्ष पहलवान चौधरी (अनुप)को अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो । बिगतका बर्षहरुमा सञ्चालन हुँदै आएको मेला लामो समय देखि कोरोना महामारीले स्थगित भएकोमा महामारी कम भएपछि यस वर्ष माघी मेला सञ्चालन गर्न लागिएको समुहका अध्यक्ष पहलवान चौधरी (अनुप) ले जानकारी दिएका छन् ।

धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणका लागि “हाम्रो संस्कृति, हाम्रो पहिचान स्थानीय कला संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ पुस ३० गते देखि माघ २ गते सम्म मेला सञ्चालन हुन लागेको अध्यक्ष चौधरीले बताएका छन् । कार्यक्रम अन्तरगत पुस ३० गते साँझ ६ बजे मेला उद्घाटन र नृत्य प्रतियोगिता सञ्चालन गरिने साँस्कृतिक संयोजक लालमणी भुसालले जानकारी दिएका छन् । त्यसै गरी माघ १ गते विहान ११ बजे देखि कलाकार सहितको साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

सो दिन चर्चित लोक दोहोरी गायक अर्जुन सापकोटा, चर्चित लोक दोहोरी गायिका टिका सानु, गायक श्रीधर कडेल, थारु गायक राजेन्द्र चौधरी, हास्य कलाकार तथा गायक गौतम चौधरी, थारु गायिका सुस्मिता चौधरी, बाल कलाकारहरु अनुष्का आचार्य, एन्जल सोमई, डान्सर निशु चौधरी सहित स्थानीय मगर, थारु साँस्कृतिक प्रस्तुती रहने साँस्कृतिक संयोजक भुसालले जानकारी दिएका छन् । त्यसै गरि माघ २ गते मेलाको समापन गरिने आयोजकले बताएको छ ।

मेलामा १ सय ५० देखि २ सय स्टल रहने, ६० हजार बढी दर्शकले अवलोकन गर्ने र करिव १ लाख आम्दानी गर्ने लक्ष्य राखेकोे आयोजकले जानकारी दिएको छ । मेलामा कालिकादेवी मन्दिर दर्शन, हर्षेडाँडा ताल, पुशवृद्ध आश्रम तथा गिद्ध संरक्षण केन्द्रको अवलोकन, रमणीय वन जंगल अवलोकन, पिकनिक स्पोट, बच्चाका खेलौना, विभिन्न गेम आइटम, गाडी पार्किङ र बिजुली बत्तीको राम्रो व्यवस्था भएको आयोजकले बताएको छ । मेलामा थारु, मगर, गुरुङ जातीका परिकारको स्वाद समेत लिन सकिने बताइएको छ ।

मेलामा स्टल बुकिङ गर्न चाहानेले सामुदायिक वनका अध्यक्ष पहलवान चौधरी (अनुप) मोबाइल नम्बर : ९८४७९१३१०८, उपाध्यक्ष बेदुलाल सुवेदी मोबाइल नम्बर : ९८४७८५८६०८, सचिव शिला पौडेलको मोबाइल नम्बर : ९८१०८१४९९१ र कोषाध्यक्ष लोकमाया तामाङ मोबाइल नम्बर : ९८२२९१०४१० मा सम्पर्क राख्न सकिने आयोजकले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation