बिहिबार, कार्तिक २१, २०८२

देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा माघ १२ देखि २५ गते सम्म व्यापारिक महोत्सव सुरु हुँदै

दाङ देउखुरीको लमहीमा छैँठौ कृषि, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन हुन लागेको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ देउखुरी उद्योग वाणिज्य संघ लमहीले महोत्सवको तयारी थालेको छ ।

माघ १२ गते देखी २५ गते सम्म अजम्बरी सामुदायिक वनको जैविक विविधता पार्क पछाडी महोत्सब शुरु हुन लागेको हो । बुधवार लमहीमा आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सवका बारेमा जानकारी गराइएको हो । पछिल्लो समय खस्किदो व्यापारलाई उकास्न र पर्यटकीय क्षेत्रलाई परिचित गराउन महोत्सबको आयोजना गर्न लागिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिएका छन् ।

महोत्सवमा विभिन्न जातजाती तथा भाषाभाषीको सँस्कृती झल्किने साँस्कितिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । त्यस्तै महोत्सबमा कृषिका स्टल, व्यापारिक स्टल रहने अध्यक्ष खनालले जानकारी दिएका छन् । स्टल बुकिङ्ग खुल्ला समेत गरि सकिएको छ । महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation