शनिबार, कार्तिक १६, २०८२

नेपाली बक्सर सुस्माले रचिन् इतिहास

काठमाडौँ । नेपाली महिला बक्सर सुस्मा तामाङ थाइल्याण्डको बैंककमा जारी एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसीप अन्तर्गत अन्डर- ४८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छन् ।

एसियाली स्तरको बक्सिङ प्रतियोगिताको फाइनल प्रवेश गर्ने उनी पहिलो खेलाडी बनेकी छन् । आइतबार भएको सेमिफाइनल खेलमा सुस्माले मंगोलियाको जानारगुली बायेस्येन्बाइलाई पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् । उनले कम्तीमा पनि नेपालका लागि रजत पदक सुनिश्चित गरेकी छन् ।

उनले फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फारजोनाविरुद्ध खेल्ने छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation