बुधबार, चैत्र ११, २०८२

देउखुरीको देवीकोटबाट अबैध साल काठ सहित ४ जना पक्राउ

भालुवाङ  दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट अवैध साल काठ सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नं.९ बस्ने कुल्लु मियाका छोरा बर्ष २२ का सुल्तान मिया, सोही ठाउँ निवासी लोक बहादुर बरालको छोरा बर्ष २६ का जुद्ब बहादुर बराल, लाल फुन्जा मगरका छोरा बर्ष ४४ का तिलबहादुर फुन्जा मगर, जिवलाल रोकाका छोरा बर्ष ३६ का टोपबहादुर रोका रहेका छन् ।

शनिवार दिउँसो करिव १२ बजेको राप्ती गाउँपालिका वडा नं.९ देबीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अबैध रुपमा काठ कटानी भईरहेको भन्ने बिषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायव निरिक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट २९.७६ क्यू.फिटको ११ थान चिरान साल काठ, र ७०.८९ क्यू.फिटको २ थान गोलिया काठ गरि कुल १ लाख बराबरको १००.६५ क्यू. फिट काठ बरामत गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।   

उक्त काठ सहित काठको बिड भएको बन्चरो २ थान, फलामको गल २ थान हाते आरा २ थान बरामत गरि डिभिजन बन कार्यालय दाङमा बुझाएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation